
धनगढी- नगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज नजिक गए राति भीषण आगलागी भएको छ।
राति साढे १० बजेतिर लागेकाे आगो सेन्टर पोइन्ट रेस्टुरेन्ट, हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स लगायतका आठ वटा सटरमा फैलिएको थियो।
स्थानीय व्यापारी विश्व प्रकाश कडेलद्वारा सञ्चालित ती पसलहरूमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरीका ४५ र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीका २५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।
धनगढी उपमहानगरपालिकाका दुईवटा र गोदावरी नगरपालिकाको १ वटा दमकल सहित स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो राति १२:१० बजे नियन्त्रणमा लिइएको हो।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ ।