हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
+
-

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन्। हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो।

प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताए। हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिए।

पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेका छन्। सङ्खुवासभामा गत आर्थिक वर्ष २८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। चालु आर्थिक वर्षको सुरुआतमा एक फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?