
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक पनि रास्वपा र राप्रपाले बहिष्कार गरेका छन्। झण्डै एक हप्तापछि चलेको बैठक रास्वपा र राप्रपाले आफू बोलेपछि बहिष्कार गरी संसद्बाट बाहिरिएका हन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि उनको राजीनामा र छानबिनको माग गर्दै यी दुई दलले निरन्तर संसद् अवरोध गर्दै आएका छन्।
भ्रष्टाचारसँग सम्बन्धित विषयमा छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने चेतावनी दिँदै यी दुई दलहरू आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका हुन्।
थप तस्बिरहरू: