
धनगढी – बाजुरामा आज (बुधबार) बिहान भएको एक जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्।
जिल्लाको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको हो।
दुर्घटनामा हिमाली गाउँपालिका–५ कै ७६ वर्षीया बाचा रोकाया र ७५ वर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानीय अमलाल कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाजुराले जीप दुर्घटना भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, प्रहरी टोली दुर्घटनास्थलतर्फ गइरहेको छ। घाइतेहरूको संख्या र अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।