काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसको लागि नभई आम जनताको लागि हुनुपर्ने बताएकी छन्।
नेपाल खबरले १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौँमा आयोजना गरेको ‘राइजिङ नेपाल समिट २०२५’ लाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताइन्।
नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताइन्।
समृद्धिका लागि अरुको मोडल अनुशरण नगरी आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्, ‘हामीले के बिर्सिनु हुँदैन भने समृद्धि केबल मुठीभर मानिसहरुको लागि होइन, आम जनताको लागि हुनुपर्दछ। लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण विकास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ । ’
पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै नेपालमा लगानी गर्न आह्वान गरिन्।

भर्खरै
लोकप्रिय






































































































































































































