भेरीमा नयाँ मेसिन जडान, नेपालमै पहिलो पटक नवजात शिशुको सिकलसेल जाँच हुने

भेरीमा नयाँ मेसिन जडान, नेपालमै पहिलो पटक नवजात शिशुको सिकलसेल जाँच हुने
+
-

नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जमा नवजात शिशुको सिकलसेल एनिमियारथालसिमियाको जाँच गर्ने मेसिन जडान गरिएको छ। ‘एचपीएलसी’ नामको यो मेसिन नेपालमै पहिलो पटक भेरीमा जडान गरिएको हो। प्रदेश सरकारले दिएको मेसिन भारतबाट आएका ईन्जिनियरले जडान गरिरहेको मेसु डा. निराजन सुवेदीले जानकारी दिए।

अहिलेसम्म १६ महिनामुनीका बालबालिकाको सिकलसेल जाँच हुँदैनथ्यो। यो मेसिन सञ्चालनमा आएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ। रगत निकालेर जाँच गरिन्छ।

भेरीमा अहिले पनि सिकलसेलका विरामीलाई विभिन्न सेवा दिइरहेको छ। मेसु डा। सुवेदीका अनुसार, भेरीमा निशुल्क जाँच, विरामीलाई रगत चढाउन ६ शैयाको छुट्टै वार्ड, भर्ना गर्न १० शैयाको वार्ड, विपन्नबाट १ लाख बराबरको औषधि सहयोग दिँदै आएको छ।

भेरीमा एक हजार चार सय विरामी नियमित जाँचमा रहेका छन्। सिकलसेल थारु समुदायमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा थारु समुदायको बाक्लो बसोबास रहेको छ। बंशाणुगत रोगको रुपमा रहेको सिकलसेल फरक समुदायसँग विवाह गर्दा नदेखिने जानकारहरुले बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’