
काठमाडौँ- पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले शुक्रबार आफूलाई एमाले केन्द्रीय कमिटीले सदस्यताबाट बञ्चित गरेको विषयमा पत्रकार सम्मेलन गरेकी छन्।
उनले राजधानीको बबरमहलस्थित कार्की ब्याङ्वेटमा आयोजित पत्रकार सम्मेलनमा आफू ४५ वर्षदेखि एमाले सदस्य रहेको र अन्तरआत्माको आवाजले राजनीतिमा फर्किएको बताएकी थिइन्।
लिखित सम्बोधनपछि पत्रकारहरूका केही प्रश्नको जवाफ दिएर उनी कार्यक्रमस्थलबाट बाहिरिएकी छन्।
एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने निर्णय गर्दै उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन आयोजना गरेकी हुन्।
तस्बिरहरू: