
काठमाडौँ- आफूलाई एमालेकी पूर्वउपाध्यक्षका रूपमा परिचित गराउँदै पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले शुक्रबार बबरमहलस्थित कार्की ब्याङ्वेटमा पत्रकार सम्मेलन गरिन्। पत्रकार सम्मेलनमा उनले आफू ४५ वर्षदेखि एमाले सदस्य रहेको उल्लेख गर्दै कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताएकी थिइन्।
पत्रकारहरूको भिडमा लिखित वक्तव्य पढेर उनले पत्रकारका केही प्रश्नको जवाफ पनि दिइन्।
पत्रकार सम्मेलनमा उनीसँग एक एमाले नेता पनि थिए- कोशी प्रदेशका विनोद ढकाल।
विद्याका पक्षमा खुलेर देखिएका नेता ढकालकै समूहले मोरङ एमालेमा केही महिनाअघि भएको निर्वाचनमा जितेको छ।
पत्रकार सम्मेलन सकिएपछि विद्याले केहीबेर बबरमहलस्थित कार्की ब्याङ्वेटमै आराम गरेकी थिइन् भने उनले नेता ढकालसँग केहीबेर अन्तरंग कुराकानीसमेत गरेकी थिइन्।
केहीबेर आराम र ढकालसहित निकटस्थहरूसँग केहीबेर कुराकानी गरेपछि विद्या बुढानिलकण्ठको भंगालस्थित निवासतर्फ लागेकी थिइन्।