पर्यटकीयस्थल जोड्न पर्वतमा पदमार्ग निर्माण

पर्यटकीयस्थल जोड्न पर्वतमा पदमार्ग निर्माण
+
-

पर्वत – पर्यटकीयस्थललाई जोड्न गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि १७ वटा योजनामार्फत करिब पाँच किमी पदमार्ग निर्माण गरिएको हो।

कतिपय स्थानमा ढङ्गाको सिँढी बनाएर र कतिपय स्थानमा ढलान गरेर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ। कार्यालय प्रमुख पोषनाथ शर्माका अनुसार १७ स्थानमा गरेर चार हजार ८५० मिटर लामो पदमार्ग निर्माण गरिएको छ।

मोदी गाउँपालिकाको झिलिबराङ्ग–ताप्राङ–कोखे–मोहोरेडाँडा, मोदी–६ मा दराक–चित्रेपाटा, फलेवास–८ को थुम्काबाट नयाँ बस्ती जोड्ने पदमार्ग, मोदी–७ राम्जाको पाटेपहराबाट ज्येष्ठ नागरिक भवनसम्म, फलेवास–३ मा रुग्दी–थापाथर–गैरावारी–चुचन देउराली पदमार्ग निर्माण गरिएको उनले जानकारी दिए।

यसैगरी, जलजला–८ मा तल्लो डिलचौताराबाट शालग्राम आश्रमसम्म, सोही वडाको ओडारेबाट अग्लो झोलुङ्गेपुलसम्म, कुश्मा नगरपालिका–१४ मा बर्केठाँटीबाट पञ्चासेसम्म, जलजला–३ मा फर्से खोलाघाँटबाट फट्केढुङ्गासम्मको पदमार्ग निर्माणसम्पन्न भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख शर्माले उल्लेख गरे।

विहादी गाउँपालिका–१ बाच्छामा रहेको बच्छेश्वर मन्दिर जाने पदमार्ग, फलेवास–१० माथुमा दुक्तान हुँदै चिसापानी जोड्ने पदमार्ग, जलजला–९ बनौमा बनौ–लिस्नेगाम पदमार्ग र मोदी–५ बाजुङमा सार्कीटोलबाट बाजुङ भूमेकोट जोड्ने र कुश्मा–१२ स्थित प्रसिद्ध बाटुलेचौर मन्दिर पुग्ने पदमार्ग निर्माण गरिएको हो।

पर्यटन तथा पूर्वाधार कार्यालयले गत आर्थिक वर्षमा पदमार्ग निर्माणका लागि रु एक करोड २५ लाख खर्चिएको जनाएको छ। पदमार्ग निर्माणपछि बाह्रैमास पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए।

गत आर्थिक वर्षमा पर्यटन पूर्वाधारका लागि विनियोजित रु तीन करोड ४५ लाख बजेटमध्ये चारवटा पार्क र २१ वटा विभिन्न मठमन्दिर, सत्तल, गुम्बालगायत स्थान मर्मत तथा पुनःनिर्माणमा खर्च गरिएको प्रमुख शर्माले बताए। पर्वतमा गत आर्थिक वर्षमा पर्यटन पूर्वाधारका ४२ वटा योजना रहेका थिए।

पर्यटन तथा उद्योग कार्यालयमा पाँचवटा पथप्रदर्शक संस्था दर्ता भएका छन्भने ६१ वटा घरबास (होमस्टे) नवीकरण भएका छन्। यसैगरी, गत आवमा १३६ उद्योग तथा वाणिज्य फार्म दर्ता भएका कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत आवमा रु ३९ लाख एक हजार २७१ राजस्व सङ्कलन भएको जनाएको छ।

कार्यालय प्रमुख शर्माका अनुसार ९३ दशमलव ३० प्रतिशत वित्तीय र शत्प्रतिशत भौतिक प्रगति भएको छ। पर्यटन तथा उद्योग कार्यालयबाहेक सामाजिक विकास कार्यालयले पनि करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छभने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न पालिकाले धार्मिक तथा पर्यटकीयस्थल जोड्ने र नागरिकलाई हिँड्डुल गर्न सहज हुने खालका पदमार्ग निर्माण गरिरहेका उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?