गढवाका वडा अध्यक्षको घरबाट ५८ क्विफिट काठ बरामद

गढवाका वडा अध्यक्षको घरबाट ५८ क्विफिट काठ बरामद
+
-

दाङ- दाङको गढवा गाउँपालिका- ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घरबाट चिरान गर्दै गरिएको अवस्थामा ५८ क्विफिट काठ बरामद गरिएको छ ।

वडा अध्यक्षको संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोलीले छापा मारेको थियो ।

वडा अध्यक्षको घर-आँगनमै साल र जङ्गली जातको सिसौ काठ चिरान भइरहेको अवस्थामा उक्त काठ बरामद भएको सव डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिए ।

‘हामीलाई वडा अध्यक्षकै संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचना आएको थियो । सोही आधारमा छापा मार्न जाँदा चिरान भइरहेको अवस्थामा काठ फेला पारिएको हो,’ गैरेले भने, ‘वडा अध्यक्षले खोलाले बगाएर ल्याएको काठ भएको दाबी गर्नुभयो । तर काठको कुनै प्रमाण देखाउन सक्नुभएन ।’

वडा अध्यक्षको घर-आँगनबाट चिरान काठ बरामद भएको पुष्टि डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले पनि गरेका छन् ।

उनले काठ चिरानमा संलग्न सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय गढवामा राखिएको छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष राहुलदेव चौधरीको फोन उठेन ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’