जनताले अनुभूति गर्नेगरी गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौं: मुख्यमन्त्री आचार्य

जनताले अनुभूति गर्नेगरी गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौं: मुख्यमन्त्री आचार्य
+
-

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेगरी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कामको गुणस्तरमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिएका छन्।

सोमबार राप्ती उपत्यकाको देउखुरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री आचार्यले समपूरक, विशेष र सशर्त अनुदानको बजेट समयमै कार्यान्वयनमा ल्याउन, ठेक्का प्रक्रिया छिटो टुंग्याउन तथा बहुवर्षीय योजनालाई प्राथमिकता दिन निर्देशन दिए।

उनले भने, “साल बसाली योजनामा रकमान्तरण नगर्नुहोस्। धेरै पहाड भत्काएर काम गर्नुको सट्टा आवश्यकतानुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गर्नुहोस्।”

मुख्यमन्त्री आचार्यले कालोपत्रे सडकको सट्टा प्राविधिक रूपमा बलियो देखिएको ढलान सडकलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले जनघनत्वको आधारमा योजना छनोट तथा स्टिमेट तयार गर्नुपर्ने आवश्यकता औंल्याउँदै योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारलाई मुख्य मान्न आग्रह गरे।

उक्त समीक्षा कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?