नेपालगन्ज – “रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पूरा गरौँ ”भन्ने मूल नाराका साथ दैलेखी समाज, बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिकोत्सवका अवसरमा साेमबार नेपालगन्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ।
दैलेखी समाज, बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह(आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेका छन् । दैलेखी समाज, बाँकेका अध्यक्ष पूर्णदेव गिरीले रक्तदानलाई निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताए।
पछिल्लो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उनले विश्वास ब्यक्त गरे। प्रादेशिक रक्तसञ्चार केन्द्र, बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज, बाँकेले रक्तदान गरेर सेवा सुभारम्भ गरेको प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए।
कार्यक्रममा दैलेखी समाज, बाँकेका बरिष्ठ उपाध्यक्ष डिलबहादुर थापा, सचिव गणेशबहादुर खड्का, संस्थापक सदस्य हरिबहादुर बिष्टलगायत विभिन्न क्षेत्रका ब्यक्तिको उपस्थिति थियो।

भर्खरै
लोकप्रिय






































































































































































































