
धनगढी – सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी कैलालीकाे लम्कीमा एकआपसमा ठोक्किएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाने क्रममा बाटोमा दुई मन्त्रीका गाडी ठोकिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री सुरेन्द्र पाल चढ्ने गाडीलाई कानुनमन्त्री हिरा सार्की चढ्ने गाडीले लम्कीमा ठक्कर दिएको प्रहरीले जनाएको छ। गाडीमा रहेकाहरुको अवस्था भने सामान्य हरेको छ।
कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आएका हुन्।
ओलीले रानिजमरास्थित रानिजमरा इन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले कटासे हाइड्रोपावरको उद्घाटन गर्नेछन्।