प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया सिँचाइ आयाेजनाकाे उद्घाटन

प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया सिँचाइ आयाेजनाकाे उद्घाटन
+
-

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमर कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसाे रानी जमरा कुलरिया सिँचाइ आयोजनातर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ योजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ३८ हजार ३ सय हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित पहिलो चरणमा सिँचाइ आयोजनाको निर्माण कार्य पूरा भएको छ।

आयोजनाको निर्माण लागत करिब २७ अर्ब ७० करोड २४ लाख अनुमान गरिएको छ। पहिलो चरणको १४ हजार ३ सय हेक्टर सिँचाइ आयोजना सम्पन्न भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको निर्माण कार्य आर्थिक वर्ष २०८५/०८६ मा पूरा गर्ने सरकारी लक्ष्य रहेको छ।

सिँचाइ आयोजनाअन्तर्गत हालसम्म १४ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने र ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ। हालसम्म सिँचाइ आयोजनाको भौतिक प्रगति ७४ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ६९ दशमलव ५५ प्रतिशत रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?