नगरप्रमुखको आन्दोलनमा सरकारी गाडी!

नगरप्रमुखको आन्दोलनमा सरकारी गाडी!
+
-

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा तीन दिनदेखि सत्याग्रह गर्दै आएका खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आन्दोलनमा सरकारी गाडी प्रयोग गर्दै आएका छन्।

बाँसकाे चोयाबाट निर्माण गराएको मान्द्रो, परालको गुन्द्री, पराल, बाँसकाे कुर्चीसहित स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेकाले सातबुँदे मागसहित उनी सत्याग्रह तथा भोक हड़तालमा छन् । त्यस सत्याग्रह तथा भोक हड्तालका लागि उनले को १ झ ६६८ र बा २ झ १३१७ नं को सरकारी सवारी साधन प्रयोग गरेका छन्।

त्यस सरकारी साधनमा उनले आवश्यक सामग्री ओसारपसार गर्नुका साथै आफू र सहयोगीका लागि प्रयोग गरेका छन्। त्यस्तै उनको ७ बुँदे मागमा प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १०% कर लिन पाउने कानून बनाउनुपर्ने भनेका छन्। तर उनले आफैँ प्लास्टिकले बनेको त्रिपाल प्रयोग गरेका छन्।

उनका मागहरू :

१. जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदुषण धेरै गर्ने अरु देशसँग क्षतिपूर्ति लिने ।

२. बॉस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने ।

३. प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदुषण गर्ने उद्योगी सँग स्थानीय तहले अतिरिक्त १०% कर लिम पाउने कानून बनाउनु पर्ने ।

४. जथाभारी प्रकृतिको दोहन गर्ने कसर, उद्योग लगायतलाई कडाईकासाथ रोकी कडा कानून बनाई कार्बाही गरिनु पर्ने ।

५. पहिलो चरणमा वन र उद्योग मन्त्रालय र माताहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवान संरचना बनाउने नीतिगत निर्णय गरियोस् साथै खोटाङलाई बाँसको राजधानी घोषणा गरियोस् ।

६. विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा अलपत्र परेका पुल, सडक र संस्चना, बनाउन अलपत्र पार्नेलाईकडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम शुरु गरियोस ।

७. पहाड़ी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाई सराईको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपुर्ति तथा बादर व्यवस्थापन गरियोस ।

त्यस्तै उनले साउन १३ गते भित्र आफ्नो माग पूरा नभए भोलि देखि आमरण अनसन बस्ने भनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?