हिल्सा नाकाबाट आयात घट्यो, राजस्वमा गिरावट

हिल्सा नाकाबाट आयात घट्यो, राजस्वमा गिरावट
+
-

हुम्ला- हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि चीनको हिल्सा नाकाबाट हुने सामान आयातमा उल्लेखनीय कमी आएको छ। यस वर्ष हिल्सा भन्सार नाकाबाट हुने आयातमा ७५ प्रतिशतसम्म गिरावट आएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए।

जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै नेपालबाटै सस्तोमा विकास निर्माणका सामग्री तथा अन्य व्यापारीक प्रयोजनका सामानहरू आइपुग्ने भएकाले व्यापारी र निर्माण व्यवसायीले चीनबाट सामान आयात गर्न छाडेका छन्। यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको छ। चालू आर्थिक वर्षको साउन १ देखि १४ गतेसम्म मात्र ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ, जबकि गत वर्ष यसै अवधिमा साढे तीन लाख रुपैयाँ राजस्व उठेको थियो।

गत असार २२ गतेबाट हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको कारण ताक्लाकोटबाट आयात हुने विकास निर्माणका सामग्रीमा उल्लेख्य कमी आएको जैसीले बताए। विकास निर्माणका सामग्रीका साथै खाद्यान्न, लत्ताकपडा र पेयपदार्थको आयातमा पनि गत वर्षको तुलनामा कमी आएको छ।

पानस निर्माण सेवाका सरोज रावतका अनुसार चीनबाट सामान ढुवानी महँगो पर्न थालेकाले आयातमा कमी आएको हो। ताक्लाकोटमा सिमेन्ट प्रतिबोरा १,०५० रुपैयाँ पर्ने र त्यसमा ढुवानी तथा भन्सार शुल्क जोड्दा नेपालबाटभन्दा महँगो पर्ने भएकाले निर्माण व्यवसायीले चीनबाट सामान ल्याउन छाडेको उनले बताए। त्यसैगरी, सरियाको मूल्य प्रतिकेजी ९० देखि ९४ रुपैयाँसम्म ताक्लाकोटमा पर्ने गर्छ।

सिमकोट गाउँपालिका र केही नाम्खा गाउँपालिकामा काम गर्ने केही निर्माण व्यवसायीले भने अझै पनि हिल्साबाट विकास निर्माणका केही सामग्री आयात गर्ने गरेको पाइएको छ। समग्रमा, जिल्ला सडक सञ्जालसँग जोडिनु नै हिल्साबाट चिनियाँ सामान आयातमा कमी आउनुको मुख्य कारण रहेको व्यापारीहरू बताउँछन्। उनीहरूको भनाइ अनुसार व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री ल्याउँदा मूल्य बढी पर्ने भएकाले ताक्लाकोटबाट खरिद गरेर आयात गर्न सक्ने अवस्था छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?