विपद् व्यवस्थापनसम्बन्धी कामको प्रगति समीक्षा

विपद् व्यवस्थापनसम्बन्धी कामको प्रगति समीक्षा
+
-

महेन्द्रनगर (धनुषा) – मधेसमा जलसङ्कट समाधानका लागि मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत सो समितिको बैठकमा सङ्घीय सरकारबाट भइरहेका विपद्सम्बन्धी कामको प्रगतिमाथि समीक्षा भएको मन्त्रालयले जनाएको छ।

साथै प्रदेश सरकारको आगामी कार्यदिशा तथा स्थानीय तहसँगको समन्वयमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश गृहमन्त्री लेखीले जानकारी दिए।

बैठकले हालै गृह मन्त्रालयमार्फत खरिद गरिएका आठमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। ती दमकलमार्फत स्थानीय तहबाटै सङ्कटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुनिश्चित गरिनेछ। हाल सप्तरी र पर्सा जिल्लाको खानेपानी आपूर्ति गरिरहेका बाँकी दुईवटा दमकललाई सोही प्रयोजनमा लगाइने निर्णय बैठकले गरेको छ।

साथै, विपद् सङ्कटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाइको व्यवस्था गर्न सङ्घीय सरकार र अन्य दातृ निकायबाट प्राप्त स्रोतसाधनलाई प्रभावकारी रुपमा प्रयोग गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई कार्यान्वयनमा लैजान अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

बैठकले विपद् प्रभावित क्षेत्रमा कार्य प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सबै सरोकारवाला निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।

त्यसैगरी, नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ वटा पानी ट्याङ्कर र एउटा ‘बम डिस्पोजल’ गाडीलाई प्रचलित कानुनअनुसार अस्थायी दर्ता गराउन प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि समितिले गरेको छ।

गृहमन्त्री लेखीका अनुसार विपद् व्यवस्थापनलाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले आगामी दिनमा थप योजनाहरु कार्यान्वयनमा लैजाने निर्णय भएको छ। बैठकमा मधेस प्रदेशमा रहेका नेपाली सेनालगायत सरोकारवाला पदाधिकारीहरुको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?