‘ड्रागन’ फलमा ढुसीजन्य रोगको समस्या

‘ड्रागन’ फलमा ढुसीजन्य रोगको समस्या
+
-

चितवन – जिल्लामा लगाइएको ड्रागन फल (सिउडी फल)मा ढुसीजन्य रोगको समस्या देखिएको छ। जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो। जसकारण उत्पादनमा गिरावट आएको छ।

पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताउँछन्। ढुसीजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए। फलको बोक्रामा कालो दागहरु देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए।

उनले भने “अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ। अन्यमा समस्या देखिएको छ।” औषधिको प्रयोगले यत्तिको भएको उनले बताए। राम्रो उत्पादन भएका फलहरु व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने “कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ।” यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उनले बताए।

कृषि विकास कार्यालय चितवनकी बागबानी बिकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो। ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो। यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरीने जस्ता समस्या देखिने गर्दछ। उनले भने “बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ। बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ।”

कोलेटोट्रिचम नामक ढुसिले यो रोग लाग्ने गर्दछ। फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ। संक्रमित फल बजारमा बिक्रि नहुने हुँदा समस्या आउने गरेको उनले बताए। यो रोग लाग्न नदिनका लागि बोटमानै समस्या देखिएको समयमा कपर अक्सिक्लोराईडको प्रयोग गर्न सकिने उनले बताए। प्रतिलिटर पानीमा २ ग्राम यो औषधिको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ।

उनले भने “सुरुआती समयमानै उपचार गर्न सके उत्पादन र बिक्री बितरणमा समस्या आउँदैन।” बोटमा देखिएको समस्यालाई समाधानका लागि चक्कुले खुर्किएर फङ्गीसाइडको प्रयोग गर्न सके उत्तम हुने उनले बताए।

यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथो (बोडोपोष्ट एवं वोडो मिश्रण) को प्रयोग गर्न सकिने छ। बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित विरुवा लगाउने जस्ता काममा व्यवसायीक किसानले ध्यान दिनुपर्ने उनले जानकारी दिए। जिल्लामा अहिले बार्षिक २८८ मेट्रिकटन सिउडी फल उत्पादन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?