
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा लालवीर चौधरी चयन भएका छन्।
काठमाडौँमा दुई दिन चलेको नाउपाको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष चयन गरेको हो। प्रतिनिधि सभाका सांसदसमेत रहेका उनी नाउपाका संरक्षक रेशम चौधरीका बुवा हुन्।
यसअघि रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टीको अध्यक्ष रहेकोमा बुधबार बसेको राष्ट्रिय भेलाबाट उनलाई हटाइएको थियो।
श्रेष्ठ कास्कीको लिचीबारी प्रकरणमा मुछिएपछि अख्तियारको छानबिनमा छिन्।