प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज –दिल्ली हवाई उडानको एजेन्डा राख्न माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज –दिल्ली हवाई उडानको एजेन्डा राख्न माग
+
-

नेपालगन्ज – नेपालगन्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्रीको भारत भ्रमणमा एजेन्डाको रुपमा राखिदिन बाँकेबासीले माग गरेका छन्।
यहाँका राजनीतिक दल, साँसद, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाले प्रधानमन्त्रीको भदौं ३१ गतेको भारत भ्रमणमा नेपालगन्ज –दिल्ली हवाई उडानलाई राज्यको एजेन्डा बनाई दिन माग गरेका हुन्।

नेपालगन्ज उद्योग बाणिज्य संघको अगुवाईमा दबाब समिति बनाएर त्यहीमार्फत जिल्लाबासीलाई एकजुट गराएर प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने तयारी गरिएको छ।

आज आयोजना गरिएको बृहत् छलफलमा संघीयतासँगै ओझेलमा परेको नेपालगन्जलाई चलायमान गराउन नेपालगन्ज(दिल्ली उडान गराउनु पर्ने बताइएको छ।

नेपालगन्ज–दिल्ली उडानका लागि लामो समयदेखि छलफल भइरहेको छ। नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो एजेन्डालाई समावेश गराउन राज्यलाई दबाब दिने बताए। त्यसका लागि नेपालगन्जबाट एक टोली काठमाडौं जादैछ। टोलीले काठमाडौंमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साँसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।

ठूलो संख्याका भारतीय बर्सेनि मानसरोबर यात्रामा जाने गर्दछन्। नेपालगन्ज(दिल्ली हवाई उडान भएमा ती तीर्थालु नेपालगन्ज आएर जान्छन् र यहाँको विकासमा टेवा पुग्छ भनिएको छ।

नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरिएकाले अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गरेको छ। ठूला जहाज यहाँ सजिलै आउन सक्ने भएको छ। आज भएको छलफलमा प्रदेश सांसदहरु बादसाह कुर्मी, दुर्गाप्रसाद चौधरी, भण्डारीलाल अहिर, मिना श्रेष्ठ, कांग्रेसका सचिव सुधांम्शु कोइराला, एमालेका सचिव बलराम भट्टराई, माओवादीका सचिव अमिर, रास्वपाका सचिव राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष दीपक जीएम, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीलगायतले नेपालगन्ज(दिल्ली उडानलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बन्नु पर्ने बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’