बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित
+
-

म्यान्माको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको सरकारी म्यान्मा रेडियो र टेलिभिजनले बुधबार राति जनाएका छन्।

भारी वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण बुधबार विपद् व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यान्मा रेडक्रस सोसाइटी र समुदायमा आधारित संस्थाहरूले उनीहरूलाई सो क्षेत्रबाट अन्यत्र सारेका थिए।

बिहीबार मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार हपा–अनको नदी खतराको स्तरभन्दा करिब छ फिट माथि पुगेको छ र अर्को दिन पनि जोखिममा रहने अनुमान गरिएको छ।

कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले चिकित्सा उपचार र सेवाहरू प्रदान गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?