
काठमाडौँ – सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउने तयारी गरेको विरोधमा विनु यादवले आमरण अनसन सुरु गरेकी छन्।
आफूलाई घरेलु हिंसा पीडित भनेर चिनाउँदै आएकी उनले काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेकी हुन्। उनले बहुविवाह गर्न पाउने गरी तयार पारिएको कानुनको मस्यौदा खारेज गर्न माग गरेकी छन्।
सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउन मस्यौदा तयार गरेको छ। हालको कानुनी व्यवस्थाअनुसार बहुविवाह पूर्ण रुपमा निषेध छ।
यदि विवाहित पुरुषको अर्की महिलासँगको सम्बन्धले गर्भ रहेमा वा बच्चा जन्मिएमा दोस्रो विवाह कायम हुने गरी कानुन संशोधन गर्न लागिएको हो।