
काठमाडौँ- सरकारले बहुविवाहलाई मान्यता दिने खालको कानुन ल्याउन लागेको भन्दै चार दिनदेखि त्यसकाविरुद्धमा बिनु यादव आमरण अनसनमा छिन्।
शुक्रबारदेखि काठमाडौँको माइतीघरमा उनी अनसनमा बसिरहेकी छिन्। शनिबार अनसनस्थलमा कानुन मन्त्रालयका प्रतिनिधिहरू आएर उनलाई अनसन स्थगत गर्न आग्रह गरे पनि उनले मानेकी छैनिन्।
कानुन मन्त्रालयले तयार पारेको विवाहसम्बन्धी कानुनको मस्यौदा नै खारेज हुनुपर्ने माग यादवको छ। मस्यौदा खारेज नभएसम्म आमरण अनसन नतोड्ने उनले बताएकी छिन्।
थप तस्बिरहरू: