
काठमाडौँ – चुरे जोगाउन माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। चुरे तथा वनजंगल संरक्षण अभियानको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले तराईं–मधेसलाई मरुभूमि बन्नबाट जोगाउनु पर्ने बताएका छन्। माइतीघर मण्डलाबाट सुरु भएको र्याली बबरमहलसम्म पुगेर पुनः माइतीघरमै फर्केर धर्ना दिइएको थियो।
उनीहरूले डिप बोरिङ दिगो समाधान नभएको भन्दै किसानलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने, कृषि वस्तुको बिक्रीका लागि राज्यले नै व्यवस्था गर्नुपर्ने र यसका लागि ग्लोबल फन्डको प्रयोग गर्न सकिने माग गरेका छन्।
चुरेबाट बग्ने खोलाहरूमा चेक ड्याम निर्माण गर्न र तराई-मधेसका पोखरीहरू संरक्षण गर्न, कुलेखानीजस्ता परियोजना निर्माण गर्न र चुरेको दोहन, अनियमितता र भ्रष्टाचार गर्नेमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि उनीहरूले उठाएका छन्।