कञ्चनपुरमा सम्झना मृत्यु प्रकरणः श्रीमान्‌विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा हाल्ने माइती पक्षको तयारी

कञ्चनपुरमा सम्झना मृत्यु प्रकरणः श्रीमान्‌विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा हाल्ने माइती पक्षको तयारी
+
-

धनगढी – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी सम्झना भट्ट मृत्यु प्रकरणमा उनका माइती पक्षले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ताकाे तयारी गरेका छन्।

सम्झना आइतबार बिहान आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। भीमदत्त नगरपालिका- ६ ऐठपुर महेन्द्रनगर बस्ने माइतीपक्षले सम्झनाको शंकास्पद मुत्यु भएको भन्दै सम्झनाका श्रीमान् पवन भट्टविरुद्ध साेमबार आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बाेहराका अनुसार मृतक सम्झनाका श्रीमान प्रहरी नियन्त्रणमै छन्।

उनले भने, ‘मृतक सम्झनाका माइती पक्षले उनका श्रीमान् पवन भट्टविरुद्ध आत्महत्या दुरुत्साहनमा आजै मुद्दा दर्ता गर्न लागेकाे बुझिएकाे छ। मुद्दा दर्ता भएपछि म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढ्छ।’

डिएसपी बोहराले सम्झनाकाे शव कञ्चनपुरस्थित महाकाली अस्पतालमा राखिएकाे र माइती पक्ष सहमतिमा आए आजै पाेष्टमार्टम हुने बताए। माइती पक्षले सम्झनाकाे शरीरमा निल डाम र चाेट देखिएकाे बताएका छन्। प्रहरीले यी सबै कुरा पाेष्टमार्टमपछि मात्र खुल्ने बताएकाे छ।

सम्झनाका बुवा भोजराज भट्टका अनुसार बिहे गरेपछि घर परिवारमा पटक–पटक मानसिक तनाव दिने गरेका थिए। उनका अनुसार एक दिनअघि पनि इप्रका बेलडाँडीमा बोलाएर सम्झना र उनका श्रीमान् पवनलाई प्रहरीले सम्झाइबुझाइ गरेको थियो।

‘बिहे भएपछि छोरीलाई पटक–पटक मानसिक तनाव दुःख दिने काम गर्दै आएका थिए,’ उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिइन्।’शनिबारै घर आउन खोजे पनि सम्झनासँग एक हजार रुपैया नहुँदा घर फर्किइनन्।’

सम्झना र पवनकाे गत फागुनमा मात्रै प्रेम विवाह भएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?