
काठमाडौँ – भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका रविन्द्र ढाँट नेपाल आइपुगेका छन्।
नेपालका एमएमए फाइटर रविन्द्र सोमबार काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा उनको स्वागत गरिएको छ।
उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका थिए। तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भएका थिए।