चेम्बर अफ कमर्स मोरङको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

चेम्बर अफ कमर्स मोरङको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
+
-

मोरङ – कोशी प्रदेशको राजधानीमा आर्थिक कारोबार तथा ब्यवसाय फस्टाउन नसक्नुमा भारतको बजार पनि मुख्य रहेको बताइएको छ।
विराटनगरमा सोमबार आयोजित चेम्बर अफ कमर्स मोरङको छैटो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले विराटनगरको बजार आफै सुकेको गुनासो गर्ने र आफै भारततर्फ खरिद दारी गर्न जाने प्रवृत्ति उचित नभएको बताए।

उनले भने, ‘विराटनगरको बजार ब्यवसायमा चहलपहल भएन, भन्ने गुनासो बारम्बार आइरहन्छ। फेरि भारतको बजारमा किनमेल गर्न जाने उत्तिकै हुन्छ। गुनासो पनि गर्ने र सामान खरिद गर्न जान प्रवृत्ती भने ठिक भएन।’

कार्यक्रममा मन्त्री रानाले प्रदेशमा अपेक्षा गरे अनुसार उद्योग क्षेत्रको विकास हुन नसकेको बताउनु भयो। मुलुकको पहिलो उद्योग विराटनगरमा स्थापना भएको सस्मरण गर्दै मन्त्री मगरले अहिले आएर उद्योग थप्न समेत गाह्रो भएको उल्लेख गरे। २०८२ साललाई पर्यटन वर्षका रुपमा अघि बढाइएको जनाउँदै उनले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए। प्रदेशमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको उनले बताए।

त्यसैगरि कार्यक्रममा विराटनगरका मेयर नागेश कोइरालाले नेपालीहरुले स्वदेशी बजारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। विराटनगरभन्दा जोगबनी बजार बढि चलायमान हुने गरेको बताउँदै उनले विराटनगरका ब्यवसायीले स्थानीयलाई आकर्षित गर्नुपर्ने उल्लेख गरे। सोही क्रममा नेपाल उद्योग बाणिज्य महासँघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बजारमा माग घटेपछि समग्र अर्थतन्त्र प्रभावित भएको प्रस्टाए।

प्रदेशमा आर्थिक अवस्था कठिन भइरहँदा हाल उद्योगहरुसमेत ५० प्रतिशतमात्र उत्पादनमा केन्द्रित रहेको अध्यक्ष राउतले बताए। कार्यक्रममा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल, विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पताल लगायतलाई सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?