कञ्चनपुरमा सम्झना मृत्यु प्रकरणः श्रीमान्‌सहित सासु–ससुरा पक्राउ

कञ्चनपुरमा सम्झना मृत्यु प्रकरणः श्रीमान्‌सहित सासु–ससुरा पक्राउ
+
-

धनगढी– कञ्चनपुरकाे बेलडाँडीमा सम्झना भट्ट मृत्यु प्रकरणमा प्रहरीले सम्झना भट्टका श्रीमान्‌सहित सासु र ससुरालाई पनि पक्राउ गरेको छ।

आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १८ वर्षीया सम्झना भट्ट झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा अनुसन्धानका लागि मंगलबार उनका ससुरा हरिदत्त भट्ट र सासु किरण भट्टलाई पनि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

उक्त प्रकरणमा सोमबार सम्झनाका २४ वर्षीय श्रीमान पवन भट्टलाई पक्राउ गरिएको थियो। कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार सम्झना आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

डीएसपी बोहराले भने, ‘माइती पक्षले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्।’

माइती पक्षकै जाहेरीको आधारमा प्रहरीले सम्झनाका श्रीमान पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासु किरण भट्टलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

तीनै जनालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी बोहराले बताए। साेमबार मात्र मृतक सम्झनाका माइती पक्षले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन्।

सम्झना र पवनले करिब  महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए। सम्झना झुण्डिएको अवस्थामा मृत फेला पर्नु एक दिनअघि मात्रै शनिबार उनीहरूबीच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका र प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर पठाएको डिएसपी बोहराले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?