बाढीमा जोखिम मोलेर दाउरा संकलन

बाढीमा जोखिम मोलेर दाउरा संकलन
+
-

नेपालगन्ज – करिब ६ घण्टा लगातार परेको पानीले राप्ती नदीको जलसतह भरियो। जिल्ला दैवीप्रकोप उद्धार समितिले नदीको जलसतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध जारी गर्‍यो। नदीमा पानीको सतह बढिरहेकाले जिल्लाका सम्बद्ध अधिकारी बाढीको चिन्ता गरिरहेका थिए।

नदी आसपासका बासिन्दा भने बाढीले बगाएर ल्याएको दाउरा छोप्न नदी किनारमा भरिए। बिहानैदेखि राप्ती नदीको पुल छेउछाउमा पुगेका स्थानीयले जोखिम मोलेर दाउरा संकलन गरे।

दिउँसो एक बजेसम्ममा उनीहरुले वर्षभरीलाई पुग्ने दाउरा जम्मा गरिसकेका थिए। नदी किनारमा दाउरा, दाउरा बोक्नलाई ल्याइएका ट्याक्टर, अटोरिक्सा, साइकल भरिभराउ देखिन्थे।

कम्दीका रामचन्द्र यादवले बाढीमा आएको दाउरा संकलन गरेर वर्षभरी आगो बाल्ने बताए। ‘एक दिन जोखिम मोलेर दाउरा टिप्दा वर्षभरी खाना पकाउने दाउरा पुग्छ,’ यादवले भने, ‘मैले मात्रै होइन, गाउँका सबैले दाउरा टिप्ने गर्छन्।’

उनले साइकलमा दाउरा राखेर ओसारिरहेका थिए। बगेर आएको दाउरालाई कटियाले आफूतिर तान्ने र छेउमा आएपछि समात्ने गरेर स्थानीयले ट्याक्टरका ट्याक्टर दाउरा जम्मा गरेका थिए।

नदी उर्लिएको बेलामा दाउरा टिप्न जादा ज्यानको जोखिम हुने भन्दै स्थानीय प्रशासनले बाढी आएको बेलामा नदी छेउछाउमा नजान र दाउरा संकलन नगर्न चेतावनी दिने गर्दछ। स्थानीयवासी भने दाउरा छोप्न तँछाडमछाड गरेका हुन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?