
काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाले नेपालमा बहुविवाहलाई वैधानिकता दिने कानुन नआउने स्पष्ट पारेका छन्।
उनले एक विवाह भएको पुरुषसँग सम्बन्ध स्थापित गर्ने महिलालाई समेत कारबाही गर्ने नियम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री चौरासियाको यो प्रतिबद्धतापछि माइतीघर मण्डलामा ६ दिनदेखि आमरण अनशनमा बसेकी बिनु यादवले आफ्नो अनशन तोडेकी छन्। कानुन मन्त्री अजय चौरासियाले स्वयं यादवलाई जुस खुवाएर अनशन तोडाएका हुन्।
यादवले बहुविवाहलाई प्रोत्साहन गर्ने कुनै पनि कानुन नल्याउन र दोस्रो विवाह गर्ने पुरुष तथा त्यस्ता पुरुषसँग सम्बन्ध राख्ने महिला दुवैलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै अनशन बसेकी थिइन्।
मन्त्रीको स्पष्ट आश्वासनपछि उनले अनशन तोडेकी हुन्।
तस्बिरहरूः