दाङमा नेपाल महिला हस्तकला कपडा उद्योग सञ्चालनमा, ३० जनालाई रोजगारी (तस्बिरहरूसहित)

दाङमा नेपाल महिला हस्तकला कपडा उद्योग सञ्चालनमा, ३० जनालाई रोजगारी (तस्बिरहरूसहित)
+
-

दाङ– लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीय ३० जना महिला तथा पुरुषले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कपडा उद्योगमा घरेलु कच्चा पदार्थको अधिकतम प्रयोगसँगै महिलाहरूलाई तान तान्ने र कपडा बुन्ने सीप सिकाएर उनीहरूलाई स्वरोजगार बनाउने प्रयास गरिएको छ ।

उद्योगको औपचारिक उद्घाटन बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्घाटन समारोहमा बोल्दै स्थानीय स्रोत र सीपमा आधारित उद्योगहरूको प्रवर्द्धनबाटै रोजगारी सृजना गर्न सकिने बताए ।

‘हामीले दैनिक प्रयोग गर्ने अधिकांश कपडाहरू विदेशबाट आयात गरिएका हुन्छन् । अब लुम्बिनीमै उत्पादन भएका सामग्रीलाई प्राथमिकता दिनु आवश्यक छ,’ उनले भने ।

उद्यमशीलता प्रवद्र्धन गर्न तालिम, प्रविधि र बजारको पहुँच उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । उद्योगमा हाल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म महिलाले नियमित रूपमा काम गर्दै आएका छन् ।

उनीहरूलाई मासिक १० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उद्योग सञ्चालक कृष्ण खनालले जानकारी दिए । उद्योगमा प्रयोग भएका अधिकांश उपकरण र सामग्री स्थानीयस्तरमै निर्माण गरिएको छ ।

‘बाहिरबाट धागो मात्रै खरिद गरिएको हो । बाँकी सबै स्थानीय स्रोत र श्रमबाट उत्पादन गरिएको हो,’ खनालले भने । उद्योगमा कार्यरत महिलाहरू धोती, सारी, ब्लाउज, सलजस्ता कपडाहरू उत्पादन गरिरहेका छन् । उनीहरूले तान तान्ने, कपडा बुन्ने लगायतका सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा छन् ।

तस्बिरहरूः

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’