
जनकपुरधाम – सर्लाहीमा स्कुल बसको ढोकाबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। बिहीबार साँझ बरहथवा नगरपालिका–८ टाँडी स्थित भित्री सडक खण्डमा बरहथवाबाट टाँडी तर्फ जाँदै गरेको ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको बसबाट लडेर विद्यार्थीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनिसार साँझ साढे ६ बजेको समयमा धनकौल गाउँपालिका ३ हरकठ्वा बस्ने निसार शेखको छोरा १३ वर्षीय फैजान शेख गुडी रहेको स्कुल बसको ढोकामा उभि रहेकोमा लड्दा घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
कक्षा ३ मा अध्यनरत शेख घाईते भएकोमा संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएका छन।
प्रहरीले स्कुल बस र बसका चालक बागमती नगरपालिका १० बस्ने २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन।