
धनगढी- कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको छ।
३७ वर्षीय चौधरीको झडपका क्रममा गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो।
झडपमा अन्य ४७ जना घाइते भएका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बिहीबार रातिदेखि नै कारागारको ‘ए’ र ‘बी’ ब्लकमा रहेका दुई समूहका कैदीबन्दीबीच कुटाकुट भएको थियो।
घटनापछि कारागार परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे प्रहरीले थप छानबिन गरिरहेको छ।