
धनगढी – बझाङको साइपाल गाउँपालिकामा मदिरा सेवन पश्चात भएको झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका–७ निवासी महेन्द्रराज भण्डारी छन् ।
शुक्रबार राति साइपाल गाउँपालिका २ राइढुङ्गी लेकमा जडिबुडी संकलन गर्ने क्रममा घटना भएको स्थानियले बताएका छन। भण्डारीलाइ सोही ठाउ बस्ने अन्दाजी २२ बर्षिय चन्द्र घर्तिले ढुङ्गाले टाउँकोमा प्रहार गरेका थिए। घटनामा संलग्न व्यक्तिलाई स्थानीयवासीहरूले नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।