मृतकको सम्झनामा नेपालञ्जमा मनाइँयो गाईजात्रा

मृतकको सम्झनामा नेपालञ्जमा मनाइँयो गाईजात्रा
+
-

नेपालगञ्ज- नेवा: पुच: बाँकेको आयोजनामा आइतबार नेपालगञ्जमा गाईजात्रा (सा: पारु) सम्पन्न गरिएको छ। ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ सात परिवारले आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा सामूहिक गाईजात्रा निकालेका हुन्।

गाईजात्रा सुरु गर्न सहभागीहरू सुर्खेत रोडस्थित स्वस्तिक कटेजमा भेला भएका थिए। त्यहाँबाट धम्बोझीचोक, सहिद सेतुविक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कसम्म परिक्रमा गर्दै गाईजात्रा सम्पन्न गरिएको थियो।

उक्त अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गरेका थिए भने लाखे नाच पनि देखाइएको थियो।

नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ। जनविश्वास अनुसार यसो गर्दा मृतकले गाईको पुच्छर समाई बैतरणी नदी पार गर्छन्।

नेपालगन्जमा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा गाईजात्रा निकालिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?