
एलजिबिटीक्यू समुदायले बिहीबार काठमाडौंमा गाईजात्राका अवसरमा प्राइम परेड आयोजना गरेका छन्।
उनीहरूको जुलुस नक्सालको नारायणचौरमा भेला भई त्यहाँबाट नागपोखरी, दरबारमार्ग, ठमेल हुँदै बसन्तपुरसम्म पुगेको हो। तेस्रोलिंगी समुदायको संस्था ब्लु डायमन्ड सोसाइटीले प्राइड परेडका साथमा सांगीतिक कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा अभिनेता नाजिर हुसैन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी पनि सहभागी थिए।
दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रा पर्वमा एलजिबिटीक्यू समुदायले प्राइम परेड आयोजना गरेका हुन्।
तेस्रोलिंगी समुदाय विभिन्न रंगीचंगी पोशाक लगाएर कार्यक्रममा सहभागी भएका थिए।
वर्षा शाहका तस्बिरहरू: