
धनगढी – कञ्चनपुर स्थित महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका– ११ की अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० सागर बोहराले आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा दुई बालिका बगेर बेपत्ता भएको बताए । उनले अहिले सुरक्षा निकाय र आफन्त मिलेर खोजीकार्य भैरहेको बताए।