
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी अब तीन वर्षका लागि नासा सेक्युरिटिजले प्रायोजन गर्ने भएको छ।
नेपाल क्रिकेट संघले आइतबार शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजलाई जर्सी प्रायोजक घोषणा गरेको हो।
जर्सी प्रायोजनका लागि क्यानले दुईपटक सार्वजनिक आह्वान गरेको थियो। यसका लागि न्यूनतम बिडिङ रकम २ करोड रुपैयाँ तोकिएको थियो।
बोलकबोलमार्फत नासा सेक्युरिटिजले जर्सी प्रायोजनको जिम्मा पाएको हो। यसका लागि नासा सेक्युरिटिजले ३ वर्षका लागि २ करोड ३६ लाख रुपैयाँ तिर्नेछ।
तस्बिरहरू: