श्रीकृष्णजन्माष्टमी महोत्सव तयारी सम्पन्न

श्रीकृष्णजन्माष्टमी महोत्सव तयारी सम्पन्न
+
-

विराटनगर – नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रुपमा मनाउने सन्दर्भमा आवश्यक तयारी पूरा भएको जनाएको छ।

सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिव भानुभक्त जोशीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारीसहित सनातन धर्म–संस्कृतिको संरक्षणका लागि उल्लेखनीय भक्तजनको उपस्थितिमा महोत्सव मनाउन लागेको बताए।

आयोजकका अनुसार कृष्ण अष्टमीका दिन बिहानै सुरु हुने महोत्सवका अवसरमा दिनभर धार्मिक अनुष्ठानदेखि सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि हुनेछ। यस पटकको कार्यक्रमलाई अझ विशेष बनाउन अन्तरविद्यालयस्तरीय प्रतियोगिता, बालबालिकामुखी प्रस्तुति, कीर्तन, कथा, यज्ञलगायत आकर्षण समेटिएका छन्।

बिहान मङ्गल आरतीबाट सुरु भइ सामूहिक जप, दर्शन आरती, गुरु पूजा र श्रीकृष्ण कथा सञ्चालन हुनेछ। बिहान ९ बजे महायज्ञ आयोजना गरिनेछ भने ११ बजेबाट अन्तरविद्यालय चित्रकला प्रतियोगिता सुरु हुनेछ। दिउँसो बालकृष्ण झाँकी प्रदर्शन, नृत्य प्रतियोगिता र ‘मटकी फोड’ प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ।

साँझमा आरतीपछि भजनकीर्तन सुरु भइ “मध्यरातमा श्रीकृष्ण जन्मोत्सव र महाअभिषेक गरिने कार्यक्रम छ,” इस्कोनका सचिव जोशीले जानकारी दिए। इस्कोनका वरिष्ठ आध्यात्मिक गुरु तथा भक्तिवेदान्त गुरुकुलका अध्यक्ष, नेपालका विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अतिथि, स्थानीय जनप्रतिनिधिसहित २० हजारभन्दा बढी भक्तजनको महोत्सवमा सहभागिता हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नेपाली समाजमा धार्मिक र सांस्कृतिक चेतना फैलाउनु, युवापुस्तामा शान्ति र सद्भावको सन्देश पुर्‍याउनु तथा कृष्ण भक्तिमार्फत मानवीय मूल्य र नैतिकताको विकास गर्ने रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?