मधेस प्रदेशका मालपोत कार्यालयहरूबाट ५ अर्ब ३७ करोड ९८ लाख राजश्व संकलन

मधेस प्रदेशका मालपोत कार्यालयहरूबाट ५ अर्ब ३७ करोड ९८ लाख राजश्व संकलन
+
-

जनकपुरधाम- मधेस प्रदेशको मालपोत कार्यालयहरुबाट आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३७ करोड ९८ लाख २ हजार ३३१ रुपैयाँ राजश्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार मधेस प्रदेशको ८ जिल्लाभरमा २१ वटा मालपोत कार्यालय रहेकोमा साउनदेखि असारसम्ममा यति राजश्व संकलन गरिएको हो ।

मालपोत कार्यालयले सेवा कर, रजिष्ट्रेशन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, पूँजीगत लाभकर, जग्गाधनी प्रमाण पूर्जा, विलम्ब शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोषअन्तर्गत राजश्व संकलन गरेको हो ।

तथ्यांकअनुसार भूमि सुधार तथा मालपोत कार्यालय, पर्साले गत आवमा सबैभन्दा बढी राजश्व संकलन गरेको हो । मालपोत कार्यालय पर्सामा ८१ करोड ४२ लाख ८२ हजार ४९८ रुपैयाँ राजश्व संकलन भएको हो ।

यस्तै, मालपोत कार्यालय सिमरा, बाराले गत आव २०८१/८२ मा ६६ करोड २५ लाख ४९ हजार १०५ रुपैयाँ राजश्व संकलन गरेको हो ।

भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले गत आवको साउनदेखि असारसम्ममा ६२ करोड २० लाख ७२ हजार ६०९ रुपैयाँ राजश्व संकलन गरेको तथ्यांक छ ।

भूमि सुधार तथा मालपोत कार्यालय कलैया, बाराले ४२ करोड ६४ लाख २३ हजार २५७ रुपैयाँ राजश्व संकलन गरेको छ भने भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीले एक आवमा ३४ करोड ३० लाख ६७ हजार १८१ रुपैयाँ राजश्व संकलन गरेको हो ।

मालपोत कार्यालय लहान सिरहाले गत आवमा २५ करोड २७ लाख ७६ हजार ८८४ रुपैयाँ राजश्व संकलन गरेको छ । मालपोत कार्यालय हरिवन, सर्लाहीले गत आवमा २४ करोड २४ लाख ७१ हजार ९४ रुपैयाँ राजश्व संकलन गरेको विभागले जनाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाहीले २३ करोड ८४ लाख ४३ हजार ९६० रुपैयाँ राजश्व संकलन भएको हो । यस्तै, भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरीबाट गत आवमा २३ करोड ६९ लाख ७ हजार २६ रुपैयाँ राजश्व संकलन भएको तथ्यांक छ । यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय गौर, रौतहटबाट गत आवमा १३ करोड २ लाख ७९ हजार १३८ रुपैयाँ राजश्व संकलन भएको हो ।

मधेस प्रदेशमा ८ वटा जिल्ला रहेकोमा मालपोत कार्यालयहरुले आ-आफ्नो सेवा विस्तार गरेपछि प्रदेशभरीमा २१ वटा कार्यलय भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३७ करोड ९८ लाख २ हजार ३३१ रुपैयाँ राजश्व संकलन हुँदा असारमा सबैभन्दा बढी राजश्व संकलन भएको हो । असारमा ७० करोड २० लाख २२ हजार ७२४ रुपैयाँ राजश्व संकलन भएको हो । यस्तै, साउनमा ५५ करोड १४ लाख ७६ हजार ६८४, जेठमा ५३ करोड ७७ लाख ९४ हजार ७८२, फागुनमा ५३ करोड ४८ लाख ५८ हजार १०७, बैशाखमा ४६ करोड ८७ लाख १६ हजार ६३०, चैतमा ४५ करोड २६ लाख २४ हजार ५७२, पुसमा ४२ करोड ४४ लाख ३७ हजार १८ रुपैयाँ राजश्व संकलन भएको हो ।

यस्तै, माघमा ४० करोड ५७ लाख ५० हजार २८३, मंसिरमा ३७ करोड ५ लाख ४५ हजार ७११, असोजमा ३२ करोड ७८ लाख ७३ हजार ९८५, भदौमा ३२ करोड २३ लाख ३५ हजार ७९० र कार्तिकमा सबैभन्दा कम २८ करोड १३ लाख ६६ हजार ४५ रुपैयाँ राजश्व संकलन भएको हो ।

मुख्यमन्त्री स्वच्छता अभियान कोषमा ४४ करोड ६० लाखभन्दा बढी रकम संकलन

मुख्यमन्त्री स्वच्छता अभियान कोषमा आर्थिक वर्ष २०८१/८२ मा ४४ करोड ६० लाख ८६ हजार ६४४ रुपैयाँ संकलन भएको छ ।

मधेस प्रदेशको विभिन्न २१ वटा मालपोत कार्यालयहरुबाट गत आवमा मधेस प्रदेशमा सञ्चालन भएको स्वच्छता अभियानका लागि उक्त रकम राजश्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार असारमा सबैभन्दा बढी मुख्यमन्त्री स्वच्छता अभियान कोषमा रकम संकलन भएको हो । असारमा ५ करोड ६२ लाख ८४ हजार ८३० रुपैयाँ राजश्व संकलन हुँदा कार्तिकमा सबैभन्दा कम २ करोड ६४ लाख २८ हजार ६६६ रुपैयाँ संकलन भएको हो ।

यस्तै, जेठमा ४ करोड ६५ लाख ६३ हजार ६११, फागुनमा ४ करोड २३ लाख ९६ हजार ४५५, बैशाखमा ४ करोड ११ लाख ४२ हजार ७३४, चैतमा ३ करोड ८६ लाख ७१ ह्जार ११३, पुसमा ३ करोड ६२ लाख ८९ हजार ७०, साउनमा ३ करोड ६० लाख ६१ हजार ८४३ रुपैयाँ शुल्क संकलन भएको हो ।

यस्तै माघमा ३ करोड ५९ लाख ९९ हजार ८१६, मंसिरमा ३ करोड २० लाख १० हजार ७२७, भदौमा २ करोड ७३ लाख ८६ हजार ९८६ र असोजमा २ करोड ६८ लाख ५० हजार ७९३ रुपैयाँ शुल्क संकलन भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?