 
                            धनगढी – कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनसम्म पनि परिवारले बुझेका छैनन्। चाैधरीकाे शव अहिले पनि सेती प्रादेशीक अस्पतालमा छ।
लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीका परिवारले हत्याराकाे पहिचान गरी कारबाही गर्नुपर्ने, मृतककी छाेरीकाे पढाइकाे ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन्।
कैलाली कारागारको ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि सांघातिक आक्रमण गरेका थिए।
मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
यता कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगन बहादुर हमालले शव परिवारलाई बुझाउनका लागि वातावरण बनाइरहेकाे बताए। पीडित परिवारका मागका बारेमा छलफल भइरहेकाे र चाँडै समाधान हुने प्रजिअ हमालले बताए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































