युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य
+
-

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले युवाहरूको उत्साह, चाहना र सोचका आधारमा सरकारले उद्यमशीलताको विकासमा ध्यान दिएको उल्लेख गरे। उनले युवालाई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

`युवाको ऊर्जा, सिर्जनशीलता र नवप्रवर्तनबाटै समृद्धिको आकांक्षा पूरा गर्न सक्छौं । सकारात्मक सोच र निरन्तरको प्रयासले मात्र समृद्धिको सपना पूरा हुने भएकाले यस अभियानमा सबै मिलेर अघि बढ्न जरुरी छ,´ शुभकामना सन्देशमा भनिएको छ । `युवाहरू भविष्यका आधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् । युवाहरूको उत्साह र जोशलाई उत्पादनमा जोड्नु नितान्त आवश्यक छ ।´

उनका अनुसार लुम्बिनी प्रदेश सरकारले युवाको सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन र स्टार्टअप योजनामा विशेष ध्यान दिएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै उत्पादनमुखी र रोजगारीमुखी कार्यमा संलग्न गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’