एकीकृत समाजवादीकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश
+
-

दाङ- नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

दाङको लमहीमा सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको नेतृत्वको सहभागिता रहेको छ ।

प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बैठकमा मनोनीत सदस्यको सपथ, अन्तर पार्टी निर्देशन १२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेन्डामा छलफल भइरहेको छ ।

बैठकका अन्य एजेन्डामा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू समेत रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?