
काठमाडौँ- राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्लाको अधिवेशन आज बिहान धुम्बाराहीस्थित एस.आर. ब्याङ्क्वेटमा हुने कार्यक्रममा तनाव भएको छ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहने तय थियो। तर, अधिवेशन सुरु हुनुअघि नै कार्यकर्ताबीच नाराबाजी र भनाभन सुरु भएपछि वातावरण तनावग्रस्त बन्दै गयो।
कार्यक्रम स्थलमा दुई समूहबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर जान थालेपछि अध्यक्ष लिङ्देनले कार्यक्रम अधिवेशन स्थगितको घोषणा गरेका छन् ।
थप तस्बिरहरू: