पत्रकारमाथि भएको कुटपिट घटनामा मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

पत्रकारमाथि भएको कुटपिट घटनामा मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु
+
-

जनकपुरधाम – जनकपुरधामका पत्रकारहरुमाथि वकिलहरुका एक समूहद्वारा कुटपिट भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।

नेपाल पत्रकार महासंघ, मधेस प्रदेश कार्यालयमा पुगेर बुधबार घटनाबारे विस्तृत जानकारी संकलन गरेको महासंघका सचिव हदिश खुद्दारले जानकारी दिए।

खुद्दारका अनुसार मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोलीले महासंघका पदाधिकारी तथा घाइते पत्रकारहरूसँग भेटेर विवरण लिएको हो।

आयोगको टोलीले यस घटनासँग सम्बन्धीत अन्य व्यक्तिहरूसँग पनि भेटेर प्रमाण संकलन गरिरहेको जनाएको छ। मंगलबार गुठी संस्थनबाट महासंघले लिजमा लिएको चार कट्ठा जग्गामा तारबार गर्न थालेपछि बार एशोसिएशन नेपाल जनकपुरधामका अध्यक्षसहितका कानून व्यवसायीहरुको एक समूहले पत्रकारमाथि आक्रमण गर्दा अध्यक्ष र महासचिवसहित केही पत्रकार घाइते भएका छन्। महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ भने पत्रकार दिवाकर रायको अनुहार तथा टाउकोमा चोट लागेको हो। यस्तै, अनिल कुमार निरालाको आँखा सुनिएको छ भने अध्यक्ष श्याम प्रसाद बनजारालाई चोटपटक लागेको हो।

यता, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव नेतृत्वको टोली, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा तथा इन्सेक मधेस प्रदेश कार्यालयका प्रमुख राजु पासवानको टोलीले समेत उक्त घटनाको विवरण संकलन गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?