
धनगढी – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी वडा नम्बर १ बर्कु बस्ने अन्दाजी २७ का पदम बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ३ जुपु बस्ने अन्दाजी ३५ बर्षका लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।
पिलुचौर साप्पाटा सडक अन्तर्गत कच्ची सडकबाट पिलुचौर आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर चालक रबिन्द्र नाथ फरार भएका छन ।
ट्याक्टर सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ भने ट्याक्टरको नम्बर खुल्न सकेको छैन् । त्यस्तै ट्याक्टरमा ४ जना सवार रहेकामा चालक र नामथर नखुलेका एक जना फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।