
तनहुँको भीमाद नगरपालिका- ६ र म्याग्दे गाउँपालिका- ५ जोड्न सेती नदीमाथि बनाइएको ऐतिहासिक झोलुङ्गे पुल संरक्षणको पर्खाइमा छ ।
यो पुल जंगबहादुर राणाको पालामा निर्माण भएको जानकारहरु बताउँछन् । जतिबेला नेपालमा उद्योग कलकारखाना थिएन त्यतिबेला स्थानीय स्रोत,साधन र सीपको प्रयोग गरेर नदीमाथि पुल बनाइएको हो ।
भीमाद नगरपालिकाले विगतमा यो पुल संरक्षणका लागि बजेट विनियोजन गरेपनि काम नगरीकन बजेट फ्रिज गरेको थियो । यो पुल शुक्लागण्डकी नगरपालिका–१० मिनामखानीको फलाम खानीबाट निकालेको फलामले बनाइएको बताइन्छ ।
न पुलको संरक्षण भएको छ न त फलाम उत्खनन्का लागि पर्याप्त अध्ययन नै ।
थप तस्बिरहरू: