‘नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्छ’

‘नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्छ’
+
-

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्ने बताएका छन्।

विराटनगरमा बिहीबार नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बाल संगठनलाई नयाँ ढंगले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संस्था खोल्ने, त्यसलाई वास्ता नगर्ने प्रवृत्ति रहेको चर्चा गर्दै थुप्रै सरकारी संरचनाहरू चलाउन नसकेकोतर्फ ध्यानाकर्षण गराए।

मुख्यमन्त्री कार्कीले भने, ’हामीसँग संरचनाहरु छन् तर त्यसले नतिजा दिएको छैन। अब त्यस्ता संरचनाहरुलाई पुनर्संरचना गर्ने, क्रियाशील बनाउने र अगाडि बढ्ने गरी काम गर्नुपर्छ।’‌‌

प्रदेशमा रहेको बाल संगठनको अवस्था भौतिक संरचना र सम्पत्तिको विषयमा सामाजिक विकास मन्त्रालयलाई अध्ययन गरी यथार्थ विवरण ल्याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले त्यसको विवरणका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने बताए।

संघीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल संगठनलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसतर्फ संघीय सरकारले पनि आफ्नो कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?