काठमाडौँ – नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर शिक्षकको जागिर खाने अशोककुमार साहलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवाना भएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति दिएको ठहर गरेको हो।
साहले २०६९ कात्तिकमा राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकका रूपमा नियुक्ति पाउँदा कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, भारतबाट प्राप्त नवीन उत्तरमध्यमाको प्रमाणपत्र पेश गरेका थिए ।
उक्त विश्वविद्यालयमा दर्ता नै नरहेको प्रमाणित भएको हो।

भर्खरै
लोकप्रिय






































































































































































































