प्रदेशको मातहतमा प्रहरी नहुँदा चाहेअनुसार काम गर्न सकिएनः मुख्यमन्त्री सिंह

प्रदेशको मातहतमा प्रहरी नहुँदा चाहेअनुसार काम गर्न सकिएनः मुख्यमन्त्री सिंह
+
-

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरीको अभावमा चाहेअनुसारको काम गर्न नसकेको बताएका छन्।

शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेशको सीमा भारतसँग जोडिएको र प्रदेशको मातहतमा प्रहरी नहुँदा समस्या भइरहेको बताए।

‘प्रहरी समायोजन भएर आए हामीलाई काम गर्न सजिलो हुन्छ। संघीयता आएपछि हामीले सबैभन्दा बढी बजेट खर्च गरेका छौँ। हामीले गत आवमा राजश्व पनि अहिलेसम्मकै सबैभन्दा बढी राजश्व संकलन भएको छ। तर प्रहरी नहुँदा हामीले धेरै काम व्यवस्थित रुपमा गर्न सकेको छैनौँ,’ उनले भने।

मुख्यमन्त्री सिंहले प्रदेश संकटग्रस्त क्षेत्र घोषणा भएकोमा प्रधानमन्त्रीलाई आजको कार्यक्रममा प्याकेजको घोषणा गर्न आग्रह गरे।

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको सानो–सानो खोलामा ड्याम बनाएर पानी जम्मा गर्न सकिए मधेसमा पानीको समस्या समाधान हुने बताए।

उनले आफू केही दिनअघि सुनकोशी कमला मरिन डाइभर्सनको अनुगमन गरेको भन्दै उक्त आयोजनाको काम द्रुत गतिमा गर्न आग्रह गरे। उनले भविष्यमा प्रहरी समायोजन भएपछि मधेस प्रदेशका प्रहरी अट्ने गरी भवन निर्माण गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?